काठमाडौं- नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा निरज गिरी नियुक्त भएका छन्। अर्थमन्त्री जनार्दशन शर्माले गिरीलाई आइतबार धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा नियुक्त गरेका हुन्।
गिरीले सोमबार नियुक्ति बुझेको बताउँदै आफू बोर्डको कार्यवाहक अध्यक्ष नियुक्त भइसकेको जानकारी दिए।
यसअघि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना रहेका थिए। छोरीका नाममा सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा मुछिएछि ढुंगाना निलम्बनमा परेका छन्। उनीमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ।