शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्बपति एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठायो ४ सर्वसाधारण

अर्बपति एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठायो ४ सर्वसाधारण

चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- विश्वका धनाढ्यहरूको सूचीमा अग्रस्थानमा आउने एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले चार सर्वसाधारणलाई अन्तरिक्ष पठाएर नयाँ कीर्तिमान बनाएको छ। एरोस्पेस कम्पनीले इन्सपिरेसन–४ मिसनअन्तर्गत पहिलोपटक सर्वसाधारण सवार यात्रु दललाई अन्तरिक्षमा पठाउन सफल भएको हो। 

स्थानीय समयअनुसार बुधवार बिहान ५ बजेर ४८ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेंन्टरबाट सो मिसन सुरु भएको थियो। चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो।

अमेरिकन अर्बपति व्यापारी जैरेड आईज्याकम्यानले अन्तरिक्ष यात्राको प्रायोजन गरेका हुन्। अन्तरिक्षमा जाने अन्य तीन जनाको नाम आईज्याकम्यान आफैले छनौट गरेका थिए। अन्तरिक्ष विज्ञका अनुसार सन् १९७२ पछि पृथ्वीबाट सबैभन्दा धेरै उचाईमा पुग्ने पहिलो मानव अभियान हो।

प्रकाशित: Sep 16, 2021| 17:34 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्