काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुन पनि सक्ने बताएका हुन्।
उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको बताए। अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यस अन्तर्गत कर उठिराख्ने पनि बताए।