विश्व बैंकका उपाध्यक्ष हार्टबिग सेफरले कोभिड-१९ महामारी भएको असर पुनरुत्थान गर्न नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्ययाएका छन्। सोमबार पाँच दिने नेपाल भ्रमण सम्पन्न गरेपछि उनले यस्तो बताएका हुन्।
'पुराना फाइल ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाइल ३ दिनभित्र टुंगो लगाउनुस्,' उनले भने, 'मन्त्रालयमा फाइल प्राप्त भएर अड्किनु भएन। देश र जनताका पक्षमा हुने काममा मेरो तर्फबाट...
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सिर्जनात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन्।
ग्लोबल आईएमई बैंक लिमिटेड र गुल्मीका स्थानीय तहहरुबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ।
मध्यभोटेकोसी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ। गत साउन ५ देखि ३२ गतेसम्म बिक्री खुल्ला गरेको आईपीओ सोमबार बाँडफाँट गरेको हो।
सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरियो। ७३ जना यात्रु सवार विमान विराटनगर विमानस्थलमा अवतरण गर्ने क्रममा चक्का नखुलेपछि काठमाडौं फर्काएरै सुरक्षित अवतरण...
आइतबार साँझ ५ बजेसम्म मागभन्दा ५.६२ गुणा धेरै रकम रहेको एनआईबीएलले जनाएको छ। साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
भारतको मंगलयान मिसनले मंगल ग्रहको परिक्रमाको सात वर्ष पूरा गरेको बताइएको छ। मिसन अन्तर्गत अन्तरिक्षमा पठाइएको मार्स ओर्बिटर अन्तरिक्षा यानले आफ्नो कक्षमा परिक्रमा गरेको सात वर्ष पूरा गरेको बताइएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्रोत नखुलेको सम्पत्ति खुला गर्ने व्यवस्था तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटीको बैठकले यस्तो माग अघि सारेको हो।