शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सिर्जनात्मक रुपमा अघि बढ्‌नुपर्छ'

'पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सिर्जनात्मक रुपमा अघि बढ्‌नुपर्छ'

संस्कृति पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सिर्जनात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन्।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सिर्जनात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन्। 

विश्व पर्यटन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। सचिव कोइरालाले नेपालजस्तो विविधताले भरिपूर्ण देश संसारमा कतै नभएको भन्दै नेपाली पर्यटन व्यवसायीहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा प्रचार गर्न नसकेको बताए।

उनले पर्यटन व्यवसाय बचाउनको लागि भए पनि पहिलो कुरा प्रचार गर्न आवश्यक रहेको बताए। उनले काठमाडौं र पोखरामा मात्रै पर्यटन विकास गरेर राष्ट्र उन्‍नतीको बाटोमा नजाने भन्दै दुर्गम गाउँमा पर्यटन सञ्‍चालन गर्नुपर्ने बताए। 

उनले गत वर्षदेखि नै सरकारले क्यासिनो भिलेजको योजना बनाएको बताउँदै उनले हिल स्टेशन र क्यासिनो भिलेज खोजेर पर्यटकहरुलाई भित्राए विदेशी डलर कमाउन पर्यटक खोज्दै हिँड्नुनपर्ने बताए। 

उनले अमेरिकाको भिसा लिन नेपालीहरु चार घण्टा कुर्नुपरेको बताउँदै अब अमेरिकीहरुलाई ५ घण्टा कुर्नुपर्ने तरिकाले विकास गर्नुपर्ने बताए। उनले निजी क्षेत्रको सहयोगमा सरकार यसरी विकास र प्रवद्र्धन गर्नका लागि सदैव तत्पर रहेको बताए।

सचिव कोइरालाले भने, ‘यो इण्डस्ट्रीलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा सेल गर्न सकेका छैनौँ,हामीसँग जस्तो विविधता भएको संसरमा कतै छैन, ८ हजार ८४८.८६ देखि ७० मिटरसम्मको हामीसँग रेन्ज छ,मेचिदेखि महाकालीसम्म एउटै रेन्जमा हिमाल देख्न सक्नुहुन्छ, अमेरिकातिर साना हिमालाई सेल गरिरहेका छन्। तर हामीसँग यत्रा हिमाल छन् हिमालै होइन कि जस्तो लाग्छ, सेल गर्न सकिरेहका छैनौँ,हाम्रो इण्डस्ट्री बचाउनको लागि अब सेल गरौँ,हामीले काठमाडौं, पोखरामा मात्रै टुरिस्ट विकास गरेर भएन, यसरी राष्ट्र उन्नतीको बाटोमा जाँदैन, अब जुम्ला, कर्णाली, दुर्गम क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गरौँ।'

सचिव कोइरालाले सरकारले ढिलै भए पनि अन अराइभल भिसा दिने निर्णय गरेकोले मिहेनत, लगनशील र धैर्यता राखेर काम गर्न सुझाव दिए। उनले सरकारले आन्तरिक पर्यटक प्रबर्द्धन नगरी देशअघि नबढ्ने भन्दै नीतिमा १० दिनको पर्यटक बिदा दिने भनेर राखेको बताए। 

सचिव कोइरालाले हेल स्टेशन बनाउने योजना ल्याए पनि पर्यटन व्यावसायीहरुले चासो नदिएको गुनासो गरिन्। पर्यटकको लागि निश्चित तोकिएको गन्तव्यलाई विकास गरेर मात्रै अर्को ठाउँलाई पर्यटकीय गन्तव्य बनाए मात्र सफल हुने बताउँदै उनले पर्यटन व्यवसायीहरु सरकारले बोलाएको स्थानमा गएर छलफल गर्न नजाँदा यी समस्याहरु देखिएको दाबी गरे। 

प्रकाशित: Sep 27, 2021| 17:48 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्