शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २४ लाख ६२ हजारभन्दा बढीले मागे साहस ऊर्जाको प्राथमिक सेयर

२४ लाख ६२ हजारभन्दा बढीले मागे साहस ऊर्जाको प्राथमिक सेयर

आइतबार साँझ ५ बजेसम्म मागभन्दा ५.६२ गुणा धेरै रकम रहेको एनआईबीएलले जनाएको छ। साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- साहस ऊर्जा लिमिटेडको आईपीओमा २४ लाख ६२ हजारजना भन्दा बढीले साधारण सेयर (आइपीओ)को लागि आवेदन दिएका छन्। सो कम्पनीको आईपीओमा तीन करोड ४३ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ। 

आइतबार साँझ ५ बजेसम्म मागभन्दा ५.६२ गुणा धेरै रकम रहेको एनआईबीएलले जनाएको छ। साहस उर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

कुल ७० लाख कित्तामध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचअल फन्ड र ३ तीन प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो।

साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। जसको प्रति मेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ। सर्वसाधारणलाई आईपीओ बिक्रीपछि यसको कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्‍ने छ।

प्रकाशित: Sep 26, 2021| 20:53 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्