काठमाडौं- नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ।
उतm सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन्।
सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत अथवा रु २,००० सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा रु. २,५०० सम्मको छुट पाउनेछन्। ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकि ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।