शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ नियुक्त

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ नियुक्त

एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेको छ। खालिङले शुक्रबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन्।

खालिङको बैंकिङ क्षेत्रमा ३५ वर्ष लामो सेवा अनुभव छ। सो बैंकका हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्। यस्तै, देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३७ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 

प्रकाशित: Sep 26, 2021| 14:31 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्