शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मंगलयान : ६ महिनाको अन्तरिक्ष मिसनले पूरा गर्‍यो ७ वर्ष

मंगलयान : ६ महिनाको अन्तरिक्ष मिसनले पूरा गर्‍यो ७ वर्ष

भारतको मंगलयान मिसनले मंगल ग्रहको परिक्रमाको सात वर्ष पूरा गरेको बताइएको छ। मिसन अन्तर्गत अन्तरिक्षमा पठाइएको मार्स ओर्बिटर अन्तरिक्षा यानले आफ्नो कक्षमा परिक्रमा गरेको सात वर्ष पूरा गरेको बताइएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

नयाँ दिल्ली- भारतको मंगलयान मिसनले मंगल ग्रहको परिक्रमाको सात वर्ष पूरा गरेको बताइएको छ। मिसन अन्तर्गत अन्तरिक्षमा पठाइएको मार्स ओर्बिटर अन्तरिक्षा यानले आफ्नो कक्षमा परिक्रमा गरेको सात वर्ष पूरा गरेको बताइएको छ। 

अभियान अन्तर्गत यसको जीवनकाल ६ महिनाको भएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)का अध्यक्ष राधा कृष्णननले बताएका छन्। 

मंगलयान मिसनको नेतृत्व गरेका राधा कृष्णननले यसलाई सन्तोषजनक र भारतको मंगलयान मिसनको सफलता भएको दाबी गरेका छन्। 

मंगलयान मिसनको सुरुवात ५ नोभेम्बर २०१३ मा सुरु गरिएको थियो। अन्तरिक्ष यानले २४ सेप्टेम्बर २०१४ मा आफ्नो पहिलो प्रयासमा मंगल ग्रहको कक्षमा स्थापित भएको थियो। 

इसरोले आफ्नो अन्तरीक्ष यान र अन्य पाँच वैज्ञानिक उपकरणको निगरानी गरिरहेको छ। यसबाट मंगल ग्रहसँग सम्बन्धित डाटाहरु प्राप्त भइरहेकोसमेत बताइएको छ। 

अधिकारीहरुले अन्तरिक्ष यानबाट प्राप्त डाटाको विश्लेषणा भइरहेको बताएका छन्। अन्तरिक्ष यानको अवस्थाबारे मिसन कार्यक्रम निर्देशक एम अन्‍नादुरईले यसको गतिमा समस्या आइरहेको बताएका छन्। मिसनले थप एक वर्ष पूरा गर्ने उनको अपेक्षा छ।

प्रकाशित: Sep 26, 2021| 20:40 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्