काठमाडौं- सन् २००३ मा डोलराज गैरेले भारतको भोपालमा साइकलमा सुप, स्यान्डबिच र बिरयानी बनाएर ग्राहकलाई बेच्ने काम थाले। त्यो पनि दिनभरीको जागिरपछिको बेलुका तीन घण्टाको समयमा। उनले सो काम थालेको आज १८ वर्ष बितेका छ। र, यसबीच उनी भारतका कयौं सहरमा सञ्चालित फास्टफुड कर्नरका मालिक भएका छन्। उक्त सहरमा उनको फस्टफुडको १७ वटा शाखा रहेका छन्।
भोपालको चर्चित फास्टफुड कर्नर ‘सागर गैरे’मा खाना खानेहरुले त्यहाँको स्वाद सजिलै भुल्न सक्दैनन् । जसरी उनको फास्टफुडको स्वाद जबर्जस्त मानिन्छ, उनको सफलतताको कथा पनि संघर्षपूर्ण र उत्प्रेरित गर्ने खालको छ । कसरी एउटा मानिसले शून्यबाट व्यवासय सुरु गरेर सफलतालको शिखरमा पुग्छ भन्ने उत्साहप्रद कथा उनको जीवनीले दर्शाउँछ । साइकलमा सीमित उनको व्यवसाय आज पूरा भोपालभरी फैलिएको छ।

सन् २००३ मा उनले सुप बेच्न काम थालेका थिए। त्यो बेला उनको साथमा न त पैसा थियो न त व्यवसाय चलाउनको स्थायी स्थान। डोलराज भन्छन्, ‘बेलुका अफिसबाट आएपछिको खाली समयलाई उपयोग गर्नको लागि मैले आफ्नो व्यवसाय सुरु गरेको हुँ। म घरमा बनाएको सुप, विरयानी र स्यान्डविच लिएर बेलुका–बेलुका तीन घण्टाजति बजारमा बेच्न जान्थें।’
उनी ती दिन सम्झँदै भन्छन्, ‘मैले साइकलमा त्यसरी फास्टफुड बेचेकोमा आफन्तहरू खिसिट्उिरी गर्थे तर मानिसहरुले मेरो स्वाद मन पराए। ग्राहकहरुकै मायाले आज म यहाँसम्म आइपुगेको हुँ।’
जागिर खाँदै सुरु गरेको फास्टफूड व्यवसाय
डोलराज एक नेपाली किसानका छोरा हुन्। आठ कक्षासम्म पढेका डोलराजले सुरुदेखि नै दिल्लीमा काम गर्थे। पछि उनले मध्यप्रदेश पर्यटन कार्यलयमा काम थाले।
बेलुकाको समयमा केही गर्न सकिन्छ भन्ने उनलाई लाग्यो। त्यसपछि दायाँबायाँ केही चसोची साइकलमा खाना बेच्ने काम सुरु गरे। न उनले आफन्तले केही सोच्लान् कि भन्ने धक माने त न कसैको लाजको डर। यसरी सरकारी जागिर सकिएपछिको बेलुकाको सयम उनले आफ्नै व्यवसाय थाले।
उनले २००३ देखि साइकलमा एउटा सुप राख्ने भाँडो बाधेँर बेच्न काम थाले। डोलराजले बनाएको सुपको स्वाद मानिसले मन पराए। उनको परिचय नै ‘साइकल सूपवाले’ बन्यो। उनको चर्चा सहरभरी विस्तार हुँदै गयो।
साइकलमा व्यापार थालेको एक वर्षपछि उनले सरकारी जागिर छाडे र आफ्नै व्यवसायलाई निरन्तरता दिने योजना बनाए । सोही अनुरुप एउटा एउटा सानो सटर भाडामा लिएर सुप, स्यान्डबिच, बिरयानी बेच्न थाले।
भाडामा लिएको उक्त ठाउँ आफ्नो बनाउन उनलाई पाँच वर्ष लागेको थियो। ६० स्क्वायर फिट क्षेत्रफलमा सञ्चालित उक्त पसलले उनको जीवन परिवर्तत भयो। अहिले उनको फास्टफुडमा १६ जना रोजगार छन्।
कहिलै नबदलिने स्वाद
भोपालको यो फस्टफुडमा रहेको मेनूमा सबै किसिमको खानाहरू पाइन्छ। तर, यहाँको स्यान्डबिच र सुपको स्वाद मानिसको जिब्रोमा बसिसकेको छ।
यसका साथै आम मानिसको स्वस्थ्यलाई मध्यनजरमा गर्दै सरसफाइलाई विषेश ध्यान दिएको छ। दुई वर्ष पहिले उनले ‘सागर गैरे’ नामबाट कम्पनी रजिस्ट्रेसन गराए। त्यसपछि उनले अन्य ठाउँमा पनि फास्टफूडका शाखा खोले।

भोपालमा उनको फास्टफूडका १७ वटा शाखा विस्तार भइसकेको छ। अन्य शाखामा उनी समय–समयमा रेखदेख गर्न जान्छन् । उनको सबै शाखामा एकै ठाउँबाट मसला जाने गर्छ। भोपालबाहेक अन्य ठाउँ छतरपुर, सागर र इन्दौरमा पनि यसको शाखा खुल्ने तयारी छन्।
बर्गरलाई चुनौती
मध्यप्रदेशका साथै लखनऊ र मुम्बईमा पनि ’सागर गैरे’ को साखा खोल्नेमा विचार चलिरहेको उनले बताए। उनका छोरा सागर आफ्नो बुवासँग मिलेर यस ब्राण्डको देशभर फैलाउने काम गरिरहेका छन्। डोलराज भन्छन्, ‘विदेशी बर्गर ब्राण्डको शाखा जब भारतको प्रत्यक एक शहरमा हुन्छ, तर हामी किन नगर्ने? धेरै नााफा कमाउने हाम्रो सिद्धान्त नरहेको कारण वा हामी आफ्नो खानाको स्वाद धेरै मानिसहरुकोमा पुर्याउन चाहन्छौं।’

आफ्नो पुरानो दिन याद गर्दै उनी भन्छन्, ‘म ती दिनहरुको धेरै याद गर्ने गर्छु जब म आफ्नै हातबाट स्यान्डबिच बनाएर मानिसहरूलाई दिने गर्थे। त्यो नै मेरो लागि सबैभन्दा आनन्द पल रहेको थियो।’
डोलराज गैरेको मेहनत र उनले आफू प्रतिको विश्वासमा अधिक भएर कक्षा मेहनत नै सफलताको कारण भएको उनी बताउँछन्। आफ्नो खानाको स्वादको तारिफ शहरभरी होला भनेर उनले कहिल्यै नसोचेको उनले बताए।
-एजेन्सीहरुको सहयोगमा