शनिबार, असोज १७, २०८३

चुडामणि शर्मासँग ५० लाख धरौटी माग

न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

काठमाडौं- आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ। न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो।

सोमबार विशेष अदालतमा उपस्थित भएका शर्माको बयानपछि धरौटी माग गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योटमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

सोही आरोपमा शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो। उनीहरूलाई पनि जनही ५० लाख रुपैयाँ धरौटी माग गरिएको थियो। दुवै जनाले आइतबार धरौटी बुझाएर रिहा भइसकेका छन्। 

प्रकाशित: Sep 27, 2021| 18:10 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्