काठमाडौं- मध्यभोटेकोसी जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ। गत साउन ५ देखि ३२ गतेसम्म बिक्री खुल्ला गरेको आईपीओ सोमबार बाँडफाँट गरेको हो।
कम्पनीको बिक्रि प्रबन्धकको रुपमा रहकेो ग्लोबल आइएमई क्यापिटलका अनुसार अतिप्रभावित क्षेत्रका स्थानीयले १८० कित्तासम्म माग बमोजिम सेयर पाएका छन्। भने १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने दुई हजार तीन सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ताका दरले सेयर पाएका छन्।
आयोजनाले अतिप्रभावित क्षेत्र भन्दै भोटेकोसी गाउँपालिका वडा नम्बर १ र ५ ( साविक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा ७ र ८ (साविक घुम्थाङग र मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्नेहरुका लागि १८ लाख कित्ता (३० प्रतिशत) साधारण सेयर जारी गरेको थियो।
त्यस्तै सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा स्थायी बसोबास गर्नेहरुका लागि ४२ लाख कित्ता (७० प्रतिशत ) साधारण सेयर निष्कासन गरेको थियो। न्यूनतम १० कित्ता तथा अधिकतम ४०० कित्ता सम्म आवेदन दिन सक्ने गरि बिक्री खुलाइएको थियो।
अतिप्रभावित बाहेक जिल्लाका अन्य आवेदकले ४० कित्तासम्म माग बमोमिज सेयर पाएका छन्। ५० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने ४० हजार पाँच सय ४८ जनाले गोला प्राथाबाट थप १० कित्ता सेयर पाएका छन्।