शनिबार, असोज १७, २०८३

माछापुच्छ्रे बैंकले ल्यायो क्यास ब्याक अफर

माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ।

यो अफर यहि असोज ८ गते देखी १७ गते सम्मका लागि लागू रहने बैंकले जनाएको छ। जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा इ कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सकिनेछ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन्। आकर्षक उपहारहरूमा अल्काटेलको ट्याब्लेट, सीजीको माइक्रोओभन, सामसङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरू, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन्। 

यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन रु।५ हजार सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ।

वर्ल्डलिंकले, कल्पमार्ट, ग्यापु र जीवी साथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ।  क्रातोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र दराजबाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिने  बैंकले जनाएको छ। 

बैंकका अनुसार डेबिट र  क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरू मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन्।  

माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गर्दै छ। 

प्रकाशित: Sep 26, 2021| 14:34 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्