शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'ट्रायल'मा सजिलोका लागि गरिएको निर्णय सर्वोच्चले रोक्‍यो : सरकार

'ट्रायल'मा सजिलोका लागि गरिएको निर्णय सर्वोच्चले रोक्‍यो : सरकार

सरकारले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- सरकारले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारी चालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा आफ्नै सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको प्रष्टयाएका हुन्। 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई एक वर्षको परीक्षण कालको व्यवस्था हुने गरी अनुमति पत्र दिन सकिने व्यवस्था राखिएको पनि समितिलाई जानकारी गराएका हुन्। 

त्यस्तै आफ्नै सवारीसाधन प्रयोग गरेर दिइने प्रयोगात्मक परीक्षा परीक्षण गर्ने ठाउँमा नेपाल सरकार यातायात व्यवस्था विभागले ठेक्कामा दिइसकेको र सर्वोच्च अदालतले ठेक्कामा दिए अनुसार नै गर्न आदेश दिएकाले तत्काल रोक्न सरकार बाध्य हुनु परेको बताए।

सचिव श्रेष्ठले अहिले चालक अनुमति पत्र दिन कुनै समस्या नरहेको जानकारी समेत दिएका छन्। ट्रायल पास गरेकै दिन सवारी चालक अनुमति पत्र दिन सकिने पनि उनले बताए।

प्रकाशित: Sep 26, 2021| 20:35 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्