पछिल्लो साता बाणिज्य बैंकहरुमा विस्तारै निक्षेप बढ्न थालेको छ। नेपाल बैंकर्स संघका अनुसार गत साता मात्र बाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब ५१ करोड रुपैयाँले बढेको छ।
सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुला गरेको हो।
नबिल बैंकले एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ। बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो।
नेपाली विज्ञापन सिर्जनाकोसम्मानार्थ २०६० सालदेखि नेपाल बिज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डसको १२ औँ सस्ंकरण ‘गोल्डन ओक १२औँ कृति अवार्डस २०७९’ भदौ २५ गते शनिवार होटेल सोल्टीमा...
जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ...
हुन्डाई नेपालले 'बी प्लस द चेन्ज' अभियान अन्तर्गत पचली भैरव, मन्दिर, टेकुमा सरसफाई कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा...
उत्पादक कम्पनीबाट अनुमति लिएर आधिकारिक विक्रेताहरुको रुपमा कम्पनीहरुले यहाँ सवारीसाधन बेच्छन्। सवारीसाधन आयात गरेर नेपालमा बेच्ने १३ वटा कम्पनीले गत वर्ष (सन् २०२१ मा) आफ्नो व्यवसाय औसतमा ४५ प्रतिशतले बढाएका...
मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ। हिजो, छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी...
तिलाठी सप्तरीको एक मात्र ठूलो भन्सार नाका हो। विसं २०१३ मा यस नाकामा राजविराज भन्सार कार्यालय स्थापना भएको हो। यसका अतिरिक्त जिल्लाभर सात अन्य छोटी भन्सार कार्यालय छन्। यद्यपि कर्मचारी...
प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत आयोजनाको ७२ मेगावाट विद्युत कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो।
लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।