शुक्रबार, जेठ २९, २०८३

भारतले प्रचलनमा ल्यायो डिजिटल मुद्रा

परीक्षणका लागि ल्याइएको डिजिटल मुद्रा चलनचल्तीमा समेत आएको छ। होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा डिजिटल मुद्रा प्रचलनमा आएको हो।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

नयाँ दिल्ली- भारतले डिजिटल मुद्रा कार्यान्वयनमा ल्याएको छ। भारतीय रिजर्ब बैंक (आरबीआई) ले नोभेम्बर १ देखि परीक्षणका रुपमा डिजिटल मुद्रा प्रचलनमा ल्याइएको जानकारी दिएको हो।

National life

परीक्षणका लागि ल्याइएको डिजिटल मुद्रा चलनचल्तीमा समेत आएको छ। होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा डिजिटल मुद्रा प्रचलनमा आएको हो। 

भारतले यस वर्षको बजेटमा डिजिटल मुद्रा प्रचलनमा ल्याइने उल्लेख गरेको थियो। अब नगदमा निर्भर रहनुपर्ने बाध्यता हट्ने छ। 

डिजिटल मुद्रामा ‘हार्ड करेन्सी’ हुँदैन। यसको सबै कारोबार रेकर्ड केन्द्रीय बैंकसँग हुन्छ। यसको प्रयोग सबैतिर भए कालो धनलाई रोक्न सकिने विश्वास गरिएको छ। डिजिटल मुद्राको परीक्षण भएपनि भौतिक मुद्रा पनि प्रचलनमै रहनेछ। 

मुद्राको डिजिटल कारोबारमा सीमा तोकिएको हुन्छ। तर डिजिटल मुद्रामा कुनै सीमा नहुने बताइएको छ। ठूलो रकम एकै पटक पठाउन डिजिटल मुद्रा सहज हुनेछ। 

Shivam cement

प्रकाशित: Nov 02, 2022| 19:05 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्