शुक्रबार, जेठ २९, २०८३

नेप्से कारोबार डेढ अर्ब नजिक

साताको चौथो कारोबार दिन बुधबार बजार नेप्से ७.३२ अंक (०.३८ प्रतिशत)ले बढेर १९३८.३० अंकमा बन्द भएको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं– तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजारमा लगातार तेस्रो दिन हरियाली छाएको छ। साताको चौथो कारोबार दिन बुधबार बजार नेप्से ७.३२ अंक (०.३८ प्रतिशत)ले बढेर १९३८.३० अंकमा बन्द भएको छ। पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो।

National life

सोमबार १६ अंकले बढेको नेप्सेमा मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो। लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्सेसँगै कारोबार रकम बढेको छ।

बुधबार बैंकिङ व्यापार र निर्जीवन बिमाबाहेकका सबै उपसूचक बढेका छन्। बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचकमा १.२३ प्रतिशतले गिरावट भएको छ। 

१ अर्ब नाघेको कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ। बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर किनबेच  हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ।

बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकामा १२४ कम्पनीको सेयर मूल्य बढेको छ। त्यस्तै, ५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ।

Shivam cement

प्रकाशित: Nov 02, 2022| 16:14 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्