शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हिमालय एयरलाइन्सले भैरहवाबाट दैनिक चार्टर्ड उडान गर्ने

हिमालय एयरलाइन्सले भैरहवाबाट दैनिक चार्टर्ड उडान गर्ने

हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुईटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक दुईटा यात्रुवाहक चार्टर्ड उडान सुरू गर्ने भएको छ।

National life

एयरलाइन्सले कात्तिक १७ देखि २४ गते (नोभेम्बर ३ देखि १०) सम्मका लागि भैरहवा–क्वालालमपुर चार्टर्ड उडानका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका अनुसार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बेस बनाएर काठमाडौं–भैरहवा–क्वालालम्पुर र क्वालालम्पुर–भैरहवा–काठमाडौंका लागि उडान गर्नेछ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले काठमाडौं विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरिसकेको छ।

प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई वीन्टर सेड्युलअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिइसकेको छ। 

सोही अनुरूप हिमालय एयरलाइन्सले आगामी बिहीबारदेखि भैरहवाबाट चार्टर्ड उडान सुरू गर्न लागेको हो।

Shivam cement

प्रकाशित: Nov 02, 2022| 16:55 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्