शुक्रबार, जेठ २९, २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट

बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १ हजार ९२२. १६ मा सीमित भएको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९
National life
Shivam cement

काठमाडौं– लगातार तीन दिन उकालो लागेको धितोपत्र बजारको सेयर कारोबार मापक नेप्से परिसूचकमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.१४ अंकले घटेर १ हजार ९२२. १६ मा सीमित भएको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५० अंकले ओरालो लागेर ३७९.४३ मा सीमित भएको छ। बिहीबार कुल २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँमा खरिद बिक्री भए। 

कारोबार भएका १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको सेयर मूल्य झिनो अंकले उकालो लाग्दा ११ उपसमूहको भने ओरालो लागेको छ।बिहीबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ६४ अर्ब ७९ करोड ५३ लाख ११ हजार ६ ८२ पुगेको छ। ऋाजको कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ। 

प्रकाशित: Nov 03, 2022| 16:42 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्