शुक्रबार, जेठ २९, २०८३

एनआईसी एसियाको सीईओमा दोहोरिए रोशन न्यौपाने

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले न्यौपानेलाई पुर्ननियुक्त गर्ने निर्णय गरेको हो।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं-  एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशन न्यौपाने पुनः चार बर्षका लागि दोहोरिएका छन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले न्यौपानेलाई पुर्ननियुक्त गर्ने निर्णय गरेको हो। उनलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षको लागि पुर्ननियुक्त गरिएको बैंकले जनाएको छ। 

National life

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एसिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको रुपमा बैंकको सेवामा जोडिएका न्यौपाने बाणिज्य बैंकहरुको सबैभन्दा कान्छो सीईओको रुपमा चिनिँदै आएका थिए। 

उनी प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक सीईओ, निमित्त सीईओ र सीईओ बन्न सफल भएका थिए। बैंक व्यवस्थापनको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै उनले विविध सूचांकहरुमा उत्साहजनक व्यवसायिक उचाइ हासिल गरेको एनआईसी एसियाले जनाएको छ। 

सहायक सीईओ भएपछि न्यौपानेको नेतृत्वमा बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना तयार गरको र  सोही योजनाअनुसार आर्थिक बर्ष सन् २०१९/२० सम्ममा बैंक कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिशेयर आम्दानी, स्व–पूँजीमा प्रतिफल, शाखा सञ्जाल लगायतका अधिकांश वित्तीय तथा गैर वित्तीय परिसूचकहरुमा बैंकिङ क्षेत्रकै उत्कृष्ट बन्न सफल सो बैंकको विज्ञप्तिमा उल्लेख छ। 

न्यौपानेले सीईओ बनेपछिको प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको बैंकको भनाई छ। एनआईसी एसियाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ७५ करोड रुपियाँसहित सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको थियो। 

Shivam cement

प्रमुख कार्यकारी अधिकृतको रुपमा न्यौपानेको कार्यकाल आ.व. २०७३/७४ देखि गत आ.व. २०७८/७९ सम्म यस बैंक तथा समग्र बैंकिङ्ग क्षेत्रको विभिन्न सूचकांकहरुको तुलनात्मक अवस्था निम्नबमोजिम रहेको छ।

प्रकाशित: Nov 02, 2022| 20:20 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्