शुक्रबार, जेठ २९, २०८३

दुई सातामा २३ अर्बले घट्यो निक्षेप

संघका अनुसार असोज मसान्तयता वाणिज्य बैंकहरूबाट २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौ– असोजमा उकालो लागेको निक्षेप कात्तिक लागेसँगै ओरालो लाग्न थालेको छ। नजिकिँदो निर्वाचनका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप कम हुन थालेको बैंकर्सहरूले आकलन गरेका छन्।

National life

नेपाल बैंकर्स एसोसिएसनका अनुसार वाणिज्य बैंकहरूको कात्तिक पहिलो साता सवा ६ अर्ब २४ करोड रुपैयाँले निक्षेप घटेकामा दोस्रो साता पुनः १७ अर्ब १३ करोडले घटेको छ । 

संघका अनुसार ११ कात्तिकसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा सीमित छ। जबकि असोज मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ थियो। 

असोज मसान्तयता वाणिज्य बैंकहरूबाट २३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। पछिल्लो एक साता अन्तरालमा स्वदेशी मुद्राको निक्षेप १६ अर्ब रुपैयाँले घटेको संघले जनाएको छ। 

निक्षेपमा गिरावट आए पनि बैंकहरूको कर्जा प्रवाहमा भने केही बढोत्तरी भएको देखिएको छ। कात्तिकको दुई सातामा बैंकहरूको कर्जा प्रवाह ५ अर्ब १० करोड रुपैयाँले वृद्धि भएको छ। ११ कात्तिकसम्म वाणिज्य बैंकहरूले कुल ४२ खर्ब २५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।

Shivam cement

प्रकाशित: Nov 02, 2022| 16:25 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्