शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशमा काम गर्नेलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था लागू

विदेशमा काम गर्नेलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था लागू

नेपाल धितोपत्र बोर्डले बिहीबार 'धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका- २०७९' जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- वैदेशिक रोजगारीका शिलशिलामा गएका नेपालीले अबदेखि आईपीओमा १० प्रतिशत आरक्षण पाउने भऐएका छन्। नेपाल धितोपत्र बोर्डले बिहीबार 'धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका- २०७९' जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो। 

National life

श्रम स्वीकृति लिएर विदेश गएकाहरूले आवेदन गरे  उनीहरुका लागि १० प्रतिशत सेयर बाँडफाँट गरिनेछ। 

बिक्री प्रबन्धकले श्रम स्वीकृति लिएर विदेश गएकाहरूका लागि सर्वसाधारणका लागि सेयर निष्काशन गर्नभन्दा कम्तीमा १५ दिन अघि नै आवेदन आह्वान गर्नुपर्नेछ।

सेयर आवेदकसँग रेमिट्यान्स बचत खाता हुनुपर्ने व्यवस्था गरिएको छ। उक्त खातामा पछिल्लो ६ महिनामा कम्तीमा पनि ५० हजार जम्मा गरेको हुनुपर्ने व्यवस्था निर्देशिकामा छ। विदेशमा काम गर्नेहरूले सेयर पाएपछि मात्र सर्वसाधारणका लागि आईपीओ जारी गरिने निर्देशिकामा उल्लेख छ। 

यो व्यवस्था कात्तिक १७ (आज)देखि लागू भएको हो। 

Shivam cement

प्रकाशित: Nov 03, 2022| 19:01 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्