शुक्रबार, जेठ २९, २०८३

भारतले हटायो धानमा लगाएको भन्सार शुल्क

भारत सरकारको अर्थ मन्त्रालयले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालका लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको बताएको हो।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं– भारतले नेपालले आयात गर्ने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने जनाएको हो।

National life

भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालका लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ।

यसअघि भारत सरकारले २३ भदौमा सूचना जारी गरेर नेपालमा  धान निर्यात गर्दा २० प्रतिशत भन्सार शुल्क लाग्ने बताएको थियो। सूचना जारी भएलगत्तै वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल चामल, दाल, तेल संघले विरोध जनाएका थिए।

संघले नेपाल तथा भारतका सम्बन्धित निकायमा गई नेपालका लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएर शून्य भन्सारमा झार्न पहल गर्दै आएको थियो।

प्रकाशित: Nov 02, 2022| 12:54 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्