शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिजुली गाडीको सेवा विस्तारमा सहयोग गर्ने नगर विकास कोषको योजना

बिजुली गाडीको सेवा विस्तारमा सहयोग गर्ने नगर विकास कोषको योजना

कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लैजाने योजना रहेको कोषले जनाएको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नगर विकास कोषले दिगो सहरी यातायात कार्यक्रमअन्तर्गत सरकारका सम्बन्धित निकायको समन्वयमा काठमाडौँ उपत्यकामा विद्युतीय बस विस्तार गर्ने योजना अघि सारेको छ। कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लैजाने योजना रहेको कोषले जनाएको छ। 

National life

त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थान, त्रिवि केन्द्रीय भूगोल विभाग, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), ‘साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिज’ (एसआइएएस), ‘प्राक्टिकल एक्सन साउथ एसिया अफिस’लगायत संस्थाले संयुक्तरूपमा आयोजना गरेको ‘भोलिको सहर’ विषयक कार्यशाला गोष्ठीमा कोषका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले सहरी पूर्वाधार विकास कार्यक्रमलाई पनि सहयोग गरिरहेको जानकारी दिए। 

अहिले साझा यातायात, सुन्दर यातायातलगायत कम्पनीले केही मात्रामा भए पनि राजधानीमा विद्युतीय बस सेवा सञ्चालन गरेका छन्। कोषले विद्युतीय बस सेवाका लागि सहयोग गरेपछि राजधानी सहरको वातावरणीय सुधारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ।

देशभरका ८८ नगरपालिकामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले सुशासन प्रवर्द्धन, नगरपालिकालाई सुव्यवस्थितरूपमा सञ्चालनका लागि क्षमता विकास, खानेपानी पूर्वाधार एवं सरसफाइजस्ता कार्यक्रममा नगरपालिकालाई सहयोग भइरहेको उल्लेख गरे।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले नगरपालिकालाई विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सहयोग गरिएको जानकारी दिएका थिए। युके एडका तर्फबाट सहरी योजनाविद् सरोज बस्नेतले सहरमा सम्पदा संरक्षणको कार्यक्रमका लागि प्राविधिक सहयोग माग भइरहेको जानकारी दिए। पोखरा महानगरपालिका, जनकपुर र बुटवल नगर क्षेत्रमा हाल युके एडले कार्यक्रम सञ्चालन गरिरहेको उनले बताएका थिए। 

Shivam cement

प्रकाशित: Nov 03, 2022| 20:35 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्