शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योगीले भेटे गभर्नर, वित्तीय संकटबारे गम्भीर बन्न आग्रह

उद्योगीले भेटे गभर्नर, वित्तीय संकटबारे गम्भीर बन्न आग्रह

उद्योगीहरूको टोलीले गर्भनर महाप्रसाद अधिकारीलगायत राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीसँग छलफल गरेको थियो।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल राष्ट्र बैंक र उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त प्रतिनिधि मण्डलबीच भेट भएको छ। वित्तीय संकटका विषयमा छलफल भएको जानकारी दिइएको छ। उद्योगीहरूको टोलीले गर्भनर महाप्रसाद अधिकारीलगायत राष्ट्र बैंकका उच्च पदस्थ कर्मचारीसँग छलफल गरेको थियो।  

छलफलमा उद्योगीहरूले वित्तीय संकट सम्बन्धमा प्रतिवेदनसहित सुझाव प्रस्तुत गरेका थिए। उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेलगायतले गर्भनर अधिकारीलाई केन्द्रीय कार्यालयमा भेटी समस्याबारे तत्काल समाधान खोज्न आग्रह गरेका थिए। 

गर्भनर अधिकारीले उद्योगको समस्याप्रति नेपाल राष्ट्र बैंक गम्भीर रहेको जनाउँदै सम्पूर्ण वित्तीय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिए। 

प्रकाशित: Nov 02, 2022| 17:24 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्