संविधान मिच्ने र मास्ने प्रयासलाई सदाका लागि अन्त्यसँगै राजनीति र मुलुकलाई सही बाटोमा हिँडाउनु नै देउवाको प्रमुख दायित्व हुनेछ।संसद्को गरिमा र त्यसप्रतिको विश्वास धरमराएको छ। त्यसलाई फर्काउनुपर्ने चुनौती देउवासामु...
ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै ओली राज अन्त्य हुनेछ।
काठमाडौंमा महाधिवेशन गर्ने तयारी कांग्रेसको छ। तर, एकैपटक झन्डै हजार मानिस भेला पार्ने अवस्था नरहे के हुन्छ? यसबारे कांग्रेसमा यदाकदा विषय उठान भएको भएपनि बहस केन्द्रित भएको छैन।
‘यसअघि जस्तो हारे पनि मनोनीत भएर पार्टीको जिम्मेवारी पाउने सम्भावना छैन। पराजित नेताले पाँच वर्ष जिम्मेवारीविहीन हुनुपर्नेछ। युवाले हारे पाँच वर्ष पर्खिएलान्, तर पाका नेताहरू सधैंका लागि रिङआउट हुने खतरा...
१४औं महाधिवेशनको पूर्वसन्ध्यामा पनि नेताहरुले एकअर्कालाई प्रधानमन्त्रीको प्रस्ताव गरिरहेका छन्। १३ औं महाधिवेशनमा देउवा र पौडेलले सभापति पदका लागि एकअर्कालाई प्रधानमन्त्री प्रस्ताव गरेकामा यस पटक भने कांग्रेसमा प्रधानमन्त्री पद ‘फालाफाल’...
१३औं महाधिवेशनमा देउवासँग करिब ६ सय मतान्तरले पराजित पौडेल १४औं महाधिवेशनमा स्वाभाविक रुपमा सभापतिका दाबेदार हुन्। तर, १४औं महाधिवेशनमा आफ्नै समूहका आकांक्षी पौडेलको पुनः सभापति लड्ने इच्छाको बाधक बन्ने देखिएको...
देउवा, निधि र श्रेष्ठले सभापति दाबी गरिरहँदा इतर समूहका १० भन्दा बढीले आकांक्षा देखाएका छन्। लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु र त्यसमा भाग लिनु सामान्य हो। तर पनि सभापति...
देउवाले आफू निकटका नेताहरुसँग सहयोगको आग्रह मात्रै गरेका छैनन्, जित्ने गरी महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशनसमेत दिएका छन्। निधिले आफू कुनै हालतमा ‘ब्याक’ नहुने भन्दै नेताहरुसँग सहयोग मागिरहेका छन्। देउवा र...
पछिल्लो केन्द्रीय समिति बैठकले भदौ १६ देखि १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेपछि नेताहरुलाई चुनाव लागेकाे छ। नेताहरु आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय भेटघाट नयाँ नेतृत्वका लागि दौडधुपमा लागेका...
सार्वजनिक कार्यक्रममा देउवाको प्रस्तुतिले उनको स्वभावका बारेमा बुझ्न सहयोग पुर्याएको छ। पटक–पटक विवादमा आउँदा समेत उनमा न आलोचना हुने डर देखिन्छ, न त त्यसको असरका बारेमा हेक्का नै। उनी आवेग...
यसअघि चार वटा प्रदेशमा एमाले, दुई वटामा माओवादी र एउटा प्रदेशमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेका थिए। तर, गण्डकीमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस सत्ताको नेतृत्वमा पुगेको छ।
वादितलाई बिदाइ गरेर ओलीले विवादितलाई नै क्याबिनेटमा स्वागत गरेका छन्। ओलीले विवादित छविका उपप्रधानमन्त्री ईश्वर पोखरेल, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले, पर्यटनमन्त्री भानुभक्त ढकाल र सञ्चारमन्त्री पार्वत गुरुङ हटाइएका...
भदौपछि महाधिवेशन गर्न संविधान संशोधन नै गर्नुको विकल्प छैन। तर, संविधान संशोधन कांग्रेसको बुँताबाट सम्भव छैन। सोही कारण भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट कांग्रेस गुज्रिएको छ।
संकटका बेला राजनीतिक दाउपेच गर्ने ओलीको ध्यान सत्ता टिकाउनमै केन्द्रित देखिन्छ। संविधानको घाँटी रेटेर होस् वा समस्याको जालोमा जेलिएका जनतालाई बेवास्ता गरेर होस्, ओली कुर्सी केन्द्रित देखिन्छन्।
कांग्रेस र नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने मात्रै होइन असफल बनाउने निर्णय नै गरिसकेका छन्। जनता समाजवादी पार्टीभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसमेत विपक्षीमा मोर्चामा उभिएका छन्।