आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सभापति पद ताक्ने कि नताक्ने? यसकारण रनभुल्लमा छन् रामचन्द्र

Siddartha premir insuranceSiddartha premir insurance

सभापति पद ताक्ने कि नताक्ने? यसकारण रनभुल्लमा छन् रामचन्द्र

१३औं महाधिवेशनमा देउवासँग करिब ६ सय मतान्तरले पराजित पौडेल १४औं महाधिवेशनमा स्वाभाविक रुपमा सभापतिका दाबेदार हुन्। तर, १४औं महाधिवेशनमा आफ्नै समूहका आकांक्षी पौडेलको पुनः सभापति लड्ने इच्छाको बाधक बन्ने देखिएको छ। 
 |  शनिबार, असार १२, २०७८
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, असार १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार राजधानीमा आफू निकट नेताहरूको भेला बोलाए। १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने र त्यसमा सघाउन आग्रह गर्न डाकिएको भेलामा उनले सहभागीलाई यही प्रस्ताव सुनाए।

triton college

बसुन्धरास्थित पार्टी प्यालेसमा आयोजित  भेलामा आफ्ना कुरा राख्न पौडेलले जति समय लिए त्योभन्दा बढी समय अरूका कुरा सुन्नुपर्‍यो। उनका लागि अचम्म के भइदियो भने भेलामा बोल्ने अधिकांश नेताले एकपछि अर्को गर्दै आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे। आफ्ना कुरा राख्न बोलाएकै भेलामा आफ्नै समूहका सात नेताले उम्मेदवारी दिने घोषणा गरेपछि यति बेला रामचन्द्र रनभुल्लमा परेका छन्।

भेलामा कांग्रेसका ८ जना नेताले सभापतिमा आफू लड्ने घोषणा गरेका थिए। पौडेलसहित, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरू सुजाता कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। यस विषयले उनलाई यतिबेला असमञ्जस सिर्जना गरेको छ।

१३औं महाधिवेशनमा देउवासँग करिब ६ सय मतान्तरले पराजित पौडेल १४औं महाधिवेशनमा स्वाभाविक रुपमा सभापतिका दाबेदार हुन्। तर, १४औं महाधिवेशनमा आफ्नै समूहका आकांक्षी पौडेलको पुनः सभापति लड्ने इच्छाको बाधक बन्ने देखिएको छ। 

पौडेलले १३औँ महाधिवेशनमा नै आफू सभापति शेरबहादुर देउवासँग लडेकाले यसपालि पनि स्वाभाविक दाबेदार भएको बताएका थिए। यसअघि नै सभापतिमा पराजित भएर घाइते भएकाले आफूलाई सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। ‘म १३औं महाधिवेशनमा पनि सभापतिमा पराजित भएर घाइते भएको छु। फेरि पनि सभापति लड्छु,' पौडेललाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘मिल्ने फर्मुला के हो? सबैले भन्दिन पर्‍यो।’

Metro Mart
vianet

१३औं महाधिवेशनमा देउवासँग करिब ६ सय मतान्तरले पराजित पौडेल १४औं महाधिवेशनमा स्वाभाविक रुपमा सभापतिका दाबेदार हुन्। तर, १४औं महाधिवेशनमा आफ्नै समूहका आकांक्षी पौडेलको पुनः सभापति लड्ने इच्छाको बाधक बन्ने देखिएको छ।राजनीतिशास्त्री एवम् विश्लेषक डा. लोकराज बराल पौडेलका लागि आफ्नो समूहमा आफ्ना नाममा सहमति जुटाउनु चुनौतीको पहाड भएको विश्लेषण गर्छन्।

सभापतिका उम्मेदवारको लर्को

भेलामा सहभागीहरूले आपसी भेटघाटका विषयमा पनि कुरा उठाएका थिए। नेता अर्जुननरसिंह केसीले प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालालाई विमलेन्द्र निधिसँग भएको छलफलका विषयमा प्रश्न ‍गरे। यसपछि प्रकाशमान र शशांकले आफूहरू तीनै जनाले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेकाले त्यसमै आपसी सहयोग जुटाउन भेटघाट भएको बताएका थिए।

‘तीन नेता (निधि, शशांक र प्रकाशमान)बीच आज पनि छलफल भयो। खास कुरा के हो बैठकमा भन्नुपर्‍यो,’ अर्जुननरसिंह केसीले भनेका थिए। जवाफमा नेता प्रकाशमान सिंहले १३औं महाधिवेशनमा पराजित नेताहरुलाई अभिभावक बन्न आग्रह गरेका थिए। ‘निधिजीले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ, मैले पनि मलाई सहयोग गर्नु भनेको छु। शशांकजी पनि यहीँ हुनुहुन्छ,’ उनले भनेका थिए, '१३औँ महाधिवशेनमा पराजित उम्मेदवारहरूले अभिभावक बन्नुपर्छ भन्ने मेरो कुरा हो। यसपालि अरूलाई सभापति पद छोड्न सक्दिनँ। मैले पहिलेदेखि नै भन्दै आएको हुँ। सबैलाई जानकारी पनि छ।'

शशांकले पनि आफू सभापतिको उम्मेदवार भएको बताएका थिए। भेलामा शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने बताएका थिए। सबैका कुरा सुनेका पौडेलले आफ्नो समूहमा छलफल गरी सहमतिमा एक जना मात्र उम्मेदवार बनाउनुपर्ने बताए। भेलाले कुनै ठोस निष्कर्षमा पुगेन।   

को ब्याक होला?

महाधिवेशनका विषयमा निधि, शशांक र सिंहबीच दुई पटक भेटघाट भइसकेको छ। तीनै नेताका पिताहरू कुनै बेला कांग्रेसका शीर्ष नेता थिए। महेन्द्रनारायणका छोरा विमलेन्द्र निधि र गणेशमानका छोरा प्रकाशमान सिंह पार्टीका तल्ला कमिटीबाट संघर्ष गर्दै गएका हुन् भने बिपी पुत्र शशांकचाहिँ एकैपटक केन्द्रीय समितिमा उदाएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पाैडेलले शुक्रबार डाेकेकाे भेलामा सहभागी नेताहरु।

नेता सिंहले आफूहरू तीनबीच सहमतिको सम्भावना रहेको बताएका छन्।  'हामीबीच सहमतिको सम्भावना छ। त्यही सम्भावना देखेरै हामी छलफलमा बसेका हौं। सम्भावना नभएको किन बस्थ्यौं र? छलफल गर्दै जाने र छलफलबाटै निचोड निकाल्छौँ,' नेपाल समयसँग अन्तर्वार्ताका क्रममा नेता सिंहले भनेका छन्। आफूहरू (तीन जना)बीच सहमति हुन सक्ने सम्भावना भएको बताएका सिंहसहित तीन नेताको सन्देश भने सभापति पदका लागि रामचन्द्रलाई सहयोग गर्न नसक्ने भन्ने हो भन्न सकिन्छ। तैपनि राजनीतिमा समूह अदलबदल भइरहने सम्भावना जतिबेला पनि हुने भएकाले यसै भन्न सकिने अवस्था छैन।

डा. रामशरण महत र अर्जुननरसिंह केसीले समूहमा एकमत हुन अवस्था सिर्जना भए आफूहरू बाधक नबन्ने बताएका छन्। शुक्रबारको पौडेल भेलामा नै उनीहरूले सहमतिमा एक जना उम्मेद्वार हुने हो भने छाड्न सकिने तर एकभन्दा बढी उम्मेद्वार हुने स्थिति आए आफूहरू पछि नहट्ने बताएका थिए।

'पौडेल समूह एक भएर महाधिवेशनमा जानु राम्रो कुरा हो। तर पौडेललाई फेरि एकपटक सभापतिको उम्मेदवार मानेर अघि बढ्न समूह एकजुट हुने सम्भावनामा निकै कमजोर छ,' पौडेल समूहका एक नेताले भने।

यसअघि (फागुन ७ गतेबाट सुरु हुने भनिएको महाधिवेशनकै बेला। तर पछि सारिएको थियो) नै डा. शेखर कोइरालाले देश दौडाहा गरेका थिए। उनले महाधिवेशनमा सभापति पदबाट पछि नहट्ने उद्घोष गरिसकेका थिए। यसपटक उनले भेटघाट र छलफल तीव्र बनाएका उति धेरै समाचार बाहिरिएका छैनन्। तर उनी पछि हट्ने मानसिकतामा नरहेको बताइन्छ। दुई वर्षपहिलेदेखि नै सभापतिका लागि तयारी थालेका शेखर  यसपटक पछि नहट्ने विश्लेषण डा. लोकराज बरालको छ।

पौडेलका नाममा सहमति जुट्ला?

पौडेललाई आफ्नै समूहमा आफ्नै नाममा सहमति जुटाएर एक जना मात्र सभापतिको उम्मेदवार तय गर्न 'फलामको च्युरा'सरह छ। सबै नेताहरूले एकपछि अर्को गर्दै उम्मेदवारी घोषणा गर्न थालेकाले पौडेललाई आफ्नै समूह एक ठाउँ उभ्याउन संकट छ। पौडेल पक्षका नेताहरू नै उनका नाममा सहमति जुट्नेमा शंका व्यक्त गर्छन्।

'पौडेल समूह एक भएर महाधिवेशनमा जानु राम्रो कुरा हो। तर पौडेललाई फेरि एकपटक सभापतिको उम्मेदवार मानेर अघि बढ्न समूह एकजुट हुने सम्भावनामा निकै कमजोर छ,' पौडेल समूहका एक नेताले भने।

पौडेलले आफू यसपालि पनि उम्मेदवार बन्ने बताए पनि उनले ढिलो गरी छलफल सुरु गरेका छन्। सभापतिका आकांक्षी देउवाले सबै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल सकेपछि मात्र उनले औपचारिक छलफल सुरु गरेका छन्। यसले पनि उनी यसपालि संकटमा भएको आकलन गर्न सकिन्छ।

पौडेल चुनौतीको पहाडमा छन् : विश्लेषक

आफ्नै समूहमा सभापतिका धेरै आकांक्षी देखिँदा रनभुल्लमा परेका पौडेल पुनः सभापति लड्छन् वा उनकै समूहका अरु कोही उम्मेदवार हुन्छ? त्यो अनुमान गर्न गाह्रो छ। तर, राजनीतिक विश्लेषकहरू पौडेल पुराना र लोकतन्त्रका लडेका नेता भएकाले उम्मेदवार हुन सक्ने बताउँछन्।

पौडेलको उम्मेदवारीका विषयमा टिप्पणी गर्नु हतार हुने राजनीतिक विश्लेषक डा. लोकराज बरालको भनाइ छ। ‘अहिले यसै हुन्छ भन्न सकिन्नँ। भर्खर त तयारी सुरु भएको छ। विमलेन्द्र, शशांक र प्रकाशमान एक ठाँउमा उभिएका छन्। उनीहरुको निर्णयले पनि केही फरक त अवश्य पार्ला,’ बराल भन्छन्, ‘उनकै समूहबाट शेखर कोइरालाले पनि तयारी गरेका छन्। २ वर्ष अघिदेखि नै उनको तयारी देखिन्थ्यो। सबै कुरा मिलाउनुपर्ने चुनौती पौडेलका सामु छ।’

राजनीतिशास्त्रका प्राध्यापक डा. लाेकराज बराल 

शेरबहादुरसँगै राजनीति गरेका पौडेललाई एकपटक उनैले सभापति बनाउँदा राम्रो हुने बरालको तर्क छ। ‘शेरबहादुर र रामचन्द्रको राजनीति सँगसँगै सुरु भएको हो। त्यसैले एकपटक रामचन्द्रलाई शेरबहादुरले नै सभापति बनाउनुपर्ने हो। तर, त्यो सम्भावना देखिँदैन,’ उनी भन्छन्, ‘सिटौलाजी पनि हुन्छ। त्यसैले अहिले नै यस्तो हुन्छ भनेर अनुमान गर्न गाह्रो छ र गरिहाले पनि त्यो हतार हुन्छ।'

प्रकाशित: Jun 26, 2021| 10:24 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।