प्रधानमन्त्रीस्तरीय भेटवार्ता, द्विपक्षीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डको सम्मानमा हैदरावाद हाउसको केदार हलमा दिवाभोज आयोजना गरेका हुन्।
नयाँ दिल्लीमा दुई देशका प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफलपछि विभिन्न सम्झौतामा हस्ताक्षर भएपछि संयुक्त पत्रकार सम्मेलनमा सम्झौताहरु आदानप्रदान भएको छ।
लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो। तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन्।
भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा न्यू बुटवल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइन आयोजनाको शिलान्यास गरेका हुन्।