आइतबार, साउन ३१, २०८३

बिहेको प्रस्ताव अस्वीकार गर्दा युवती र उनका काकाको हत्या

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ। बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तु प्रहरीले बताएको छ।

बाणगंगा नगरपालिका–६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीया अञ्जनी थारुको चक्कु प्रहार गरी हत्या भएको हो। आज बिहान ९ बजेतिर दुवै जनामाथि चक्कु प्रहार भएको प्रहरीको भनाइ छ। तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पताल लगिएको थियो। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरूमाथि चक्कु प्रहार गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मोहन र अञ्जनी विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताइएको छ। थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 
 

प्रकाशित: Jun 01, 2023| 14:47 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्