बुधबार, असोज २१, २०८३

लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा

 |  बुधबार, असोज २१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०८३

काठमाडौं- पछिल्लो एक घण्टामा लमजुङको रैनामैना वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै २८.६ मिलिमिटर वर्षा मापन भएको छ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ः५८ बजेसम्म रैनामैना केन्द्रमा उक्त वर्षा मापन गरिएको हो।

हाल गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Oct 07, 2026| 08:45 बुधबार, असोज २१, २०८३
प्रतिक्रिया दिनुहोस्