शुक्रबार, जेठ १, २०८३

भारतीय डिजिटल वालेट नेपालमा र नेपालका भारतमा चल्ने

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

नेपाल र भारतबीचमा अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा क्रसबोर्डर डिजिटल भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

National life

भारतको एनपीसीआई इन्टरनेसनल तथा नेपालको नेपाल क्लियरिङ हाउसबीचमा सम्झौता भएको छ। यो सम्झौतासँगै यी दुई कम्पनीले एक अर्को देशमा काम गर्नेछन्। 

दुई देशमा अनुमति प्राप्त डिजिटल वालेट एकअर्को देशमा सञ्चालनका लागि सम्झौता भएको हो। हालको व्यवस्थाअनुसार क्रसबोर्डर भुक्तानीमा वालेट तथा क्युआर भुक्तानीलाई मान्यता दिइएको छैन। 

भारतीय नागरिक नेपाल आउँदा आफ्नो त्यहीँको वालेटबाट सिधै नेपालमा क्युआर गरेर भुक्तानी गर्न सक्ने र नेपाली वालेट प्रयोगकर्ताहरूले पनि भारतमा  सिधै त्यसैगरी भुक्तानी गर्नसक्ने व्यवस्थासहितको सम्झौतामा आज हस्ताक्षर भएको हो। 

योसँगै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सहज हुने भएको छ। अहिले नेपालमा ठूला दरका नोट नचल्ने र साना दरका नोट धेरै बोक्न झन्झट छ। 

प्रकाशित: Jun 01, 2023| 14:18 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्