मंगलबार, भदौ १०, २०८२

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने 

भारतले नेपालबाट गत वर्षदेखि ४५३ मेगावाट बिजुली लैजान सुरु गरे पनि प्रत्येक वर्ष बिजुली बेच्न अनुमति लिइरहनुपर्ने झन्झटिलो प्रावधान छ। 
 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet

काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको प्रतिनिधिमण्डल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय वार्ता भएको छ। दुवै देशका प्रधानमन्त्री सहभागी वार्तामा वार्तामा भारतले नेपाललाई विभिन्न सात परियोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Kumaribank

सहयोगसम्बन्धी सम्झौतापछि आयोजित संयुक्त पत्ररकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन्। नेपालले आगामी २५ वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता भारतसँग गर्न चाहेका बेला मोदीले उक्त घोषणा गरेका हुन्।

यद्यपि नेपालको बिजुलीले दीर्घकालीन रुपमा भारतीय बजार खुल्ने विषयमा सम्झौता भएन। यसबारे सम्झौतापत्रमा हस्ताक्षर नभए पनि संयुक्त वक्तव्यमा बिजुली किन्ने विषय समेटिने अपेक्षा गरिएको छ। नेपाल बर्खाका बेला बिजुली उत्पादनमा आत्मनिर्भर भइसकेको छ।

५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भइ उत्पादन सुरु भएपछि नेपाल वर्षायाममा आत्मनिर्भर बनेको हो।
सुक्खायाममा हालसम्म भारतसँगै निर्भर बन्नुपरे पनि आगामी २/३ वर्षमा आत्मनिर्भर बन्ने नेपाल विद्युत् प्राधिकरणको आकलन छ।

हाल नेपालको राष्ट्रिय प्रसारण लाइनमा २७ सय मेगावाट बिजुली जोडिएको छ। यसमध्ये नेपालको सरदर खपत १५ सय मेगावाट हुन्छ। भारतले ४५३ मेगावाट बिजुली लैजान गत वर्षदेखि सुरु गरे पनि प्रत्येक वर्ष उक्त परिणामको बिजुली बेच्न अनुमति लिइरहनुपर्ने झन्झटिलो प्रावधान छ।

Metro Mart

प्रकाशित: Jun 01, 2023| 14:58 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्