शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतले १७ अर्बका दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाइदिने

भारतले १७ अर्बका दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाइदिने

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

National life

काठमाडौं- १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले समझदारीपत्र आदानप्रदान गरे। समझदारीपत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल निर्माण गर्ने उल्लेख छ। त्यस्तै, मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको छ।

यी तीन परियोजनाको लागत करिब १७ अर्ब रुपैयाँ पर्छ। तीनवटै परियोजना भारतले बनाइदिन लागेको हो। निर्माणको काम थालेको ५४ महिनामा तीनवटै परियोजना सम्पन्न गर्ने उल्लेख छ। करिब ५ वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने गरी समझदारी भएको छ।

प्रकाशित: Jun 01, 2023| 14:34 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्