मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अमलेखगञ्ज पाइपलाइनलाई चितवनको लोथरसम्म ल्याउन समझदारी

अमलेखगञ्ज पाइपलाइनलाई चितवनको लोथरसम्म ल्याउन समझदारी

नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना निर्माण गर्न समझदारी भएको हो।
 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet

काठमाडौं– नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना निर्माण गर्न समझदारी भएको छ। समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ।

Kumaribank

यस्तै, अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ।

भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो निर्माण गर्नेछ। यी तीन परियोजनामा लगानी १७ अर्ब बढी लगानी हुनेछ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिपसिंह पुरीले सम्झौतामा हस्ताक्षर गरे।

प्रकाशित: Jun 01, 2023| 13:44 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्