मंगलबार, माघ २०, २०८२

नेपालसँगको सीमा समस्या समाधान गर्छौं: मोदी

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेका सीमालगायत सबै समस्याको समाधान गर्ने बताएका छन्।

National life

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जतिकै उचाइ दिन काम गरिरहने बताए।

उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं।’

मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगति भएको बताउँदै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइन लगायत थुप्रै काम गरेको बताए। भविष्यमा आफ्नो पार्टनरसिपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताउँदै उनले नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी दिए। 

क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनले वक्त गरे। त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै फुकोट कर्णाली हाइड्रोपावरलगायत आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए। अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनसम्म पुर्याउने बताएका उनले झापाको चारआलीसम्म नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए।

Laxmi sunrise bank

उनले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिने विषयमा प्रचण्डसँग छलफल भएको बताए। 

प्रकाशित: Jun 01, 2023| 13:33 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्