शुक्रबार, जेठ १, २०८३

रावा इनर्जीले खुलायो आईपीओ 

कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर खुलाएको हो।
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गरेको हो।

National life

यसमध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो।

उक्त समय स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ भने बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

२२ जेठसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभए ३२ जेठसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने यो आईपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रकाशित: Jun 01, 2023| 13:36 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्