मंगलबार, भदौ १०, २०८२

नेपाल र भारतबीच सात सम्झौता

 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet

नेपाल र भारतबीच सात वटा मुख्य सम्झौता भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बिहीबार द्वीपक्षीय सम्झौता भएको हो। 

Kumaribank

बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलन मार्फत् सहमति सार्वजनिक भएको हो। नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन्। नेपाल भारत पारवहन सम्झौता नवीकरण, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने सहमति भएको छ। 

त्यस्तै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ। त्यस्तै डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ।

यी हुन् उद्घाटन, शिलान्यास र सम्झौता
- भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवा उद्घाटन 
- सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्ट शिलान्यास
- नेपालगञ्ज-रूपैडिया इन्टिग्रेटेड चेकपोस्ट उद्घाटन
- अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन शिलान्यास
- सिलीगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माणको समझदारी
- दोधारा चाँदनी इन्टिग्रेटेड चेकपोस्ट निर्माणको समझदारी
- फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्टमा सम्झौता
- क्रसबोर्डर पेमेन्टबारे समझदारी

प्रकाशित: Jun 01, 2023| 13:24 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।