आइतबार, साउन ३१, २०८३

भैरहवा विमानस्थल सीमा क्षेत्रको हवाई अनुमति दियो भारतले

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रचण्डले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति भारतले दिएको बताएका हुन्।

उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको बताए। तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा अगाडिका काम बढ्ने सहमति भएको प्रचण्डले उल्लेख गरेका छन्। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको उनको भनाइ छ।

प्रकाशित: Jun 01, 2023| 13:45 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्