आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। मोदीसँगको भेटवार्तापछि दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

‘मैले नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदी जीलाई निम्तो दिइसकेको छु। म उनलाई नेपालमा स्वागत गर्न तयार छु।’

मोदीले गत वर्ष लुम्बिनीको भ्रमण गरेका थिए। सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएलगत्तै पनि मोदी नेपाल आएका थिए। 

प्रकाशित: Jun 01, 2023| 13:47 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्