आइतबार, असार २८, २०८३

मेमा आए ७७ हजार पर्यटक, १० लाखको लक्ष्य पुग्ने संकेत

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- कोरोनाले थलिएको पर्यटन क्षेत्र उकासिने क्रममा देखिएको छ। यस वर्षको मे महिनाको पर्यटक आगमनमा झन्डै शतप्रतिशत सुधार देखिएको पर्यटन बोर्डले बताएको छ। 

मे महिनामा नेपालमा हवाई मार्गबाट ७७ हजार ७ सय ३ जना विदेशी पर्यटक भित्रिएका छन्। बोर्डका अनुसार सन् २०२३ को हालसम्म (जनवरी-मे) चार लाखभन्दा बढी विदेशी पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्।

जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३ र मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका छन्। सबैगरी ४ लाख ४ हजार २ सय ३१ जना विदेशी पाहुना अहिलेसम्म भित्रिएका छन्

सरकारले २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो। अहिलेको आगमनले गति लिए यो लक्ष्य पूरा हुने देखिएको छ। 

मे महिनामा सबैभन्दा बढी पाहुना भारतबाट आएका छन्। ३६ हजार ५ सय ७५ जना भारतीय पाहुना मे महिनामा भित्रिएका छन्। त्यस्तै अमेरिकी पाहुनाको संख्या ८ हजार ५ सय ४५ छ। चीनका पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ। त्यस्तै बेलायतबाट भित्रिने २९ सय २७  छन्।

प्रकाशित: Jun 01, 2023| 14:09 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्