देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ। तर, सर्वसाधारणले सहज रुपमा खोप लगाउन पाइरहेका छैनन्। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट खोप अभियान जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोही रोजगारीका लागि विदेश जान त कोही अध्ययनका लागि विदेश जान खोप लगाउन लाम लागेको बताउँछन्। खोप केन्द्रमा प्रहरीलाई भीड नियन्त्रण गर्न कठिनाइ हुने गरेको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामझामसहित बाहिरिएका छन्। ओली बुधबार मध्यान्ह बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।
नयाँ बानेश्वरबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलमा पुगेर सभामा परिणत भएको थियो। ओलीविरुद्ध घेराबन्दी भएको भन्दै युवा संघले प्रदर्शन गरेको हो। विपक्षी गठबन्धनलाई अवैधानिक भएको उनीहरूको आरोप छ।
कोरोना संक्रमण न्यूनीकरण भएसँगै सरकारले निषेध आदेश खुकुलो बनाएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै व्यापार व्यवसाय सहजीकरण गर्ने भनिएपनि अपेक्षाकृत रूपमा मापदण्ड पालना भने नभएको देखिएको छ।
सुरक्षाकर्मीबाट अर्को चेतावनी आयो- फेरि बाढी आउँदै छ, बजारबाट सुरक्षित क्षेत्रमा जानू। अनि भग्नावशेषमा परिणत भएका घर हेर्दै गरेका स्थानीय ज्यान जाेगाउन फेरि सुरक्षित स्थानतर्फ भागे।
सुरक्षाकर्मीबाट अर्को चेतावनी आयो- फेरि बाढी आउँदै छ, बजारबाट सुरक्षित क्षेत्रमा जानू। अनि भग्नावशेषमा परिणत भएका घर हेर्दै गरेका स्थानीय ज्यान जाेगाउन फेरि सुरक्षित स्थानतर्फ भागे।