काठमाडौं- कोरोना संक्रमण न्यूनीकरण भएसँगै सरकारले निषेध आदेश खुकुलो बनाएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै व्यापार व्यवसाय सहजीकरण गर्ने भनिएपनि अपेक्षाकृत रूपमा मापदण्ड पालना भने नभएको देखिएको छ। सडकमा सवारी साधनको चाप बढेको छ भने बजारमा सर्वसाधारणहरूको भीडभाड ह्वात्तै बढेको छ।
यस्तै अवस्थामा राजधानीका विभिन्न स्थान पुगेर हामीले केही दृश्य कैद गरेका छौँ।
हेरौँ साताका ७ तस्बिर
लकडाउनपछि चक्रपथमा पर्ने ग्वार्को क्षेत्रको सडकमा सवारी साधनको चाप। बुङमतीमा एक कृषक खेतमा काम गर्दै। सर्वोच्च अदालतको माथिल्लो तलामा बसेर झ्यालबाट बाहिर नियाल्दै। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै काठमाडौंको भद्रकालीमा गरिएको प्रदर्शनका एक सहभागी। प्रतिष्ठानका पदाधिकारीले राजीनामा दिनुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरू आन्दोलित छन्। पाटन दरवार स्वायरको एक दरबार अघि परेको घण्टीको छायामा साइकलका साथमा एक व्यक्ति। ललितपुरको खोकनास्थित एक मिलमा तोरी पेल्दै मजदुर।लगनखेलमा देखिएको भीड। कोरोना संक्रमण बढ्न थाले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयनमा न सरकारले प्रभावकारी भूमिका निभाएको छ, न नागरिक सचेत छन्।
प्रकाशित: Jul 10, 2021| 09:16 शनिबार, असार २६, २०७८
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।