काठमाडौं- मनसुनी वर्षा सुरु भएको छ। खेतीपातीमा आश्रित किसान मानो रोपेर मुरी फलाउन व्यस्त हुन थालेका छन्। सिँचाइ सुविधा नभएको ठाउँमा आकाशे पानी नै एक मात्र विकल्प हो। समयमै पानी परे पनि यस पटक समय अनुकूल देखिएको छैन।
असार सुरुदेखि नै देशका पहाडी जिल्ला बाढीपहिरोको चपेटमा पर्न थालेका छन्। कतिपयको थातथलोबाट उठिबास भएको छ। सडक अवरुद्ध छ। खेत कटान हुन थालेको छ। कोरोना महामारीको त्रासमा रहेर किसान थप पीडित बनेका छन्। श्रमिकको समस्या पनि उस्तै छ। मनसुनी वर्षापछि जीवन झन् अस्तव्यस्त बनेको छ।