दक्षिण एसियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एसियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ।
अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४० भन्दा बढी लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन्।
सरकारले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीलाई मंगलबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा प्रदेश २ का विभिन्न योजनामा अनियमितता भएको छ। एउटै योजनाका लागि तीनवटा मन्त्रालयले रकम निकासा गरेको समेत पाइएको छ।
गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।