मंगलबार, चैत १०, २०८२

आर्चरीमा भारत सहभागी हुने

आसन्न १३औं दक्षिण एसियाली खेलकूद (साग)का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन्।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - आसन्न १३औं दक्षिण एसियाली खेलकूद (साग)का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन्। यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए।

आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन्। आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बङ्गलादेश, पाकिस्तान, भुटान र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने भएका छन्।

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, बीच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको सङ्ख्या बढी छ। आठ खेलका लागि ४ सय ९ जना महिला र ३ सय २९ जना पुरुष खेलाडी सहभागी हुने छन्।

पोखरामा ९ खेल हुने भनिए पनि नेपालले स्वर्णपदकको आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ। सागमा २७ खेल हुने भनिए पनि २६ खेलमात्र हुने भएको छ। यसमध्ये पोखरामा ८ खेल हुनेछ।

प्रकाशित: Nov 26, 2019| 10:06 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।