आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपसभामुखको ‘कार्यबाहक’ बन्ने चाहनामा बिडारीको तगारो

उपसभामुखको ‘कार्यबाहक’ बन्ने चाहनामा बिडारीको तगारो

बिडारीले उपसभामुखले सभामुखको हैसियतमा काम गर्न नमिल्ने भन्दै असहमति जनाएपछि माइन्यूटमा हस्ताक्षर हुन सकेन।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं– कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त छ।

सभामुख नहुँदा उपसभामुख शिवमाया तुम्बाहाम्फे विधयेक प्रमाणिकरणको सिफारिस देखि सभामुखले गर्नुपर्ने अन्य कामकाज आफैं अगाडि बढाउन चाहन्छिन्।

अर्थात तुम्बाहम्फेले कार्यवाहक सभामुखको हैसियतमा प्रतिनिधि सभाको सम्पूर्ण कार्यको जिम्मेवारी लिने बाटो खोजेकी छन् ।

सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले कतिसम्म काम गर्न मिल्छ भन्ने बारे उनले कानूनविद्सँग परामर्श गरिसकेकी छन् भने सोमबार संघीय संसदका समिति सभापतिहरुसँग पनि परामर्श गरेकी छन्।

सभामुखको हैसियत मै काम गर्नका लागि सभापतिहरुलाई माइन्यूटमै हस्ताक्षर गराउने तयारी उनको थियो।

तर, राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिका सभापति एवं अधिवक्ता रामनारायण विडारीले तगारो हाले।

बिडारीले उपसभामुखले सभामुखको हैसियतमा काम गर्न नमिल्ने भन्दै असहमति जनाएपछि माइन्यूटमा हस्ताक्षर हुन सकेन।

उपसभामुखको कदमलाई तपाईले रोक्नु भयो भन्ने प्रश्नमा सभापति विडारीले भने, ‘संविधानले त्यो अधिकार उपसभामुखलाई दिएको छैन। उहाँले त्यस्तो गर्न चाहनु हुन्छ भने अदालतको फेस गर्नु पर्ने हुन्छ। उहाँको चाहना अदालत फेस गर्ने हो भने त्यसो गर्न सक्नुहुन्छ।’

नियमावलीले केही अधिकार दिएपनि संविधानले उपसभामुखलाई बैठकको अध्यक्षता गर्ने बाहेकको कुनै अधिकार नदिएको विडारीले बताए।

विडारी भन्छन्, ‘यस्तो गर्नुभन्दा सभामुख चयन प्रक्रियालाई छिटो अगाडि बढाउनु पर्छ ।’ पुसको पहिलो अथवा दोस्रो साताबाट सभामुख चयन प्रक्रियालाई अगाडि बढाउनु पर्छ।’

स्रोतका अनुसार पूर्वमाओवादी निकट सभापतिहरुले उपसभामुखलाई सभामुखको हैसियतमा काम गर्न दिन चाहँदैनन् ।

पूर्वमाओवादीको कोटामा परेको सभामुख पदमा फेरि पनि पूर्वमाओवादीकै नेतालाई ल्याउने उनीहरुको चाहना छ ।

प्रकाशित: Nov 26, 2019| 10:10 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।