आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • त्रिभुवन विमानस्थलका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

त्रिभुवन विमानस्थलका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं। ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्वसन्ध्यामा विमानस्थलमा पर्यटनसम्बन्धी काम गर्ने कामदारले भने तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

पर्यटन क्षेत्रको श्रमिक संगठन युनिट्राभले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष सुमनप्रसाद पराजुलीले सरकारले भ्रमण वर्ष मनाउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरबाटै कालोसूचीमा राख्न लगाएर बन्द गराउनेसम्मको चेतावनी दिए।

उनले भने, ‘३ महिनादेखि त्यहाँका श्रमिकले तलब पाएका छैनन् । यस्तो हर्कत कायम भर्इनै रह्यो भने एयरपोर्ट व्यवस्थापन, मन्त्री योगेश भट्टराई देखि आउटसोर्सिङ कम्पनी विरुद्ध हड्तालमा उत्रिनुपर्ने हुनसक्छ ’

त्यस्तै पराजुलीले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बापतको रकम नदिए नेपाल पर्यटन बोर्डमा तालाबन्दी गरिदिने चेतावनी पनि दिए । उनले भने, ‘‘टिम्सको पैसा छ, तर त्यो पैसाले श्रमिकलाई केही हुन सकेको छैन । हामी डेढ महिनाको अल्टिमेटम दिन चाहन्छौं । त्यस दिनसम्म क्षतिपूर्ति पाएनौं भने टान पनि बन्द हुन्छ ।’

‘कार्यक्रममा टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले नेपाल पर्यटन बोर्डले पर्यटकबाट उठाएको रकम मनोमानी ढंगले खर्च गरिरहेको भन्दै बोर्डले यसको हिसाबकिताब स्पष्ट रुपमा राख्नुपर्ने बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का महासचिव जनक चौधरीले होमस्टेलाई अनिवार्य करको दायरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित: Nov 26, 2019| 11:51 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्