आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बानेश्वरमा ठक्कर दिएर डाक्टर मार्ने बस र चालक रामेछापबाट पक्राउ

बानेश्वरमा ठक्कर दिएर डाक्टर मार्ने बस र चालक रामेछापबाट पक्राउ

नयाँ वानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं – नयाँ वानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ।

सीसीटीभी फुटेजका आधारमा ठक्कर दिएर भागेको बा३ख ६१४ नम्बरको यात्रुवाहक बस र भक्तपुर सूर्यविनायकका घर भएका बस चालक बुद्धिकुमार कोजुलाई सोमबार रामेछापबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘सीसीटीभीको फुटेज हेर्दा दुर्घटना भएको समयमा त्यही बस चलेको देखिएको छ’ वोगटीले भने,‘बस र चालक दुबैलाई पक्राउ गरि काठमाडौं ल्याइएको छ।’ उनले थप अनुसन्धान भैरहेको जानकारी दिए।

आइतबार बिहान नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको ‘मर्निङ वाक’मा निस्किएको बेला गाडीको ठक्करमा ज्यान गएको थियो।

प्रकाशित: Nov 26, 2019| 08:58 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।