आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीयलाई नागरिकता दिने सहायक प्रजिअसहित ६ जनाविरुद्ध मुद्दा

भारतीयलाई नागरिकता दिने सहायक प्रजिअसहित ६ जनाविरुद्ध मुद्दा

गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं – गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सहायक प्रजिअ दुर्गादत्त पौडेलसहित प्रशासकीय अधिकृत सदनकुमार कर्ण, नायव सुव्वा चन्द्रदेव ठाकुर, एक जना वडा अध्यक्ष र नागरिकता बनाउने कार्यमा संलग्न दुई गरि ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वीरगञ्ज उपमहानगरपालिकाको बसाइसराइ कागजमा घरमुलीको विवरण सच्चाएर वडा नम्बर २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा नागरिकता दिएको पाइएको छ। सोही वडामा बस्ने अजहर हुसेन र आरिफ हुसेनको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा संलग्न आरिफ हुसेन, सवरुन खातुन र वडा नम्वर २ का वडा अध्यक्ष शेष अव्वासविरुद्ध मुद्दा दायर गरिएको छ।

उनीहरुले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेकाले सोही दफा बमोजिम सजाय हुने तथा खातुन र हुसेनविरुद्ध दफा ११ बमोजिम सजाय मागदाबी गरिएको छ।

 

प्रकाशित: Nov 26, 2019| 08:45 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।