सोमबार, चैत २, २०८२

अफगानिस्तानमा ४० लडाकू मारिए

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४० भन्दा बढी लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन्।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

अफगानिस्तान - अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा ४० भन्दा बढी लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन्।

National life

अफगानिस्तानको रक्षा मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएका छन्। सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। देशको दक्षिणी हेलमान्ड प्रान्तमा पर्ने मार्जा जिल्लामा भएको कारबाहीमा परी ६ तालिवान लडाकू मारिएका छन् भने लडाकूहरुले प्रयोग गरेको दुई सवारी साधन जलेका छन्।

त्यसैगरी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा २ लडाकू मारिएको अफगानी सुरक्षाकर्मीहरुले जनाएका छन्। लाघमान प्रान्तको अलिशिङ र अलिनागर जिल्लामा भएका छुट्टा-छुट्टै सुरक्षा कारबाहीमा अर्को नौं जना मारिएका छन्।

त्यसैगरी अन्य विभिन्न प्रान्तहरुमा पनि सुरक्षा कारबाही भएको र ती सुरक्षा कारबाहीमा परी फरक-फरक संख्यामा लडाकूहरु मारिएका सैन्य अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: Nov 26, 2019| 10:27 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।